२८ जेठ २०८३, बिहीबार

पाकिस्तानमा मतदानकै क्रममा बम विस्फोट, ३१ जनाको मृत्यु

पाकिस्तानमा मतदानकै क्रममा बम विस्फोट, ३१ जनाको मृत्यु

काठमाडौं – पाकिस्तानमा बुधवार भइरहेको आमनिर्वाचनका क्रममा क्वेटा शहरमा बम विस्फोट हुँदा ३१ जनाको ज्यान गएको छ । 

अन्यत्र पनि सानातिना विस्फोट र विपक्षी दलका कार्यकर्ताबीच भएको झडपमा कैयौं घाइते भएका छन् भने दुईजनाको मृत्यु भएको छ । 

यो निर्वाचनमा पूर्व क्रिकेट स्टार इमरान खान र पूर्वप्रधानमन्त्री नवाज शरीफको पार्टी प्रमुख प्रतिस्पर्धी छन् । 

चुनाव अभियान अवधिभरि हिंसा र धोकाधडीका घटनाको चिन्ता व्यक्त गरिएको छ । 

देशभरि कडा सुरक्षा व्यवस्था गरिएको भएपनि हिंसाका घटना भइरहेका हुन् । तीन लाख ७० हजार सैनिक र हजारौं प्रहरीलाई मतपेटिका सुरक्षामा खटाइएको छ । 

प्रहरीका अनुसार, बलोचिस्तान प्रान्तमा रहेको क्वेटामा गरिएको आक्रमण आत्मघाती आक्रमणकारीले गराएको हो । उसले एक मतदान केन्द्रको ढोकालाई लक्षित गरेको प्रहरीको भनाइ छ । इस्लामिक स्टेट समूहले घटनाको जिम्मेवारी लिएको छ ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्