११ असार २०८३, बिहीबार

‘११ हजार युवालाई रोजगार’

कात्तिक २०, २०७४
‘११ हजार युवालाई रोजगार’
काठमाडौँ, २८ मङ्सिर –उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले ११ हजार बेरोजगार युवालाई सरकारले रोजगारको वातावरण सिर्जना गर्न लागेको बताएका छन् ।

नेपाल हस्तकला महासङ्घको ४४औँ वार्षिकोत्सव तथा पाँचौ हस्तकला दिवसका अवसरमा मंगलवार आयोजित एक कार्यक्रममा उनले विदेशीएका युवा जनशक्ति रोक्नका लागि सरकारले स्वदेशमै रोजगारीको वातावरण सृजना गर्न सीपमूलक प्रशिक्षण अभियान चलाएको जानकारी दिए ।

‘महासङ्घले आगामी दिनमा हस्तकलाका कामलाई गाउँमुखी बनाउँदै लैजानुपर्छ,’ राज्यमन्त्री वादेले भने । नेपालको अर्थतन्त्रमा नेपाली हस्तकलाले ठूलो भूमिका खेलेको उनले बताए ।

महासङ्घका अध्यक्ष धर्मराज शाक्यले हस्तकला व्यवसाय नेपालको पहिचान बोकेको क्षेत्र भएकाले यस व्यवसायको विकास, विस्तार र प्रवद्र्धनमा सरकारले यथोचित सहयोग गर्नुपर्ने बताए ।

हस्तकला क्षेत्रले रोजगारी प्रवद्र्धनका साथै गरिबी न्यूनीकरणमा ठूलो सहयोग पु-याएको उनको भनाई थियो ।
सो अवसरमा परम्परागत हस्तकलाका वस्तु एवम् १२ औँ हस्तकला प्रतियोगिताका सहभागी कलाकारबाट तयार गरिएका सामग्रीको प्रदर्शन गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्