२२ जेठ २०८३, शुक्रबार

प्रभासको नयाँ फिल्म साहोको सुटिङ सकियो, काम लाग्ला बाहुबलीको यो उपाय ?

प्रभासको नयाँ फिल्म साहोको सुटिङ सकियो, काम लाग्ला बाहुबलीको यो उपाय ?

२०१७ मा रिलिज भएको बाहुबली–२ले बक्स अफिसमा रेकर्डतोड कमाइ गरेको थियो ।

यो फिल्मले भारत र विदेशमा पनि राम्रो कमाइ गरेको थियो । शायद यही कारण प्रभासको आगामी फिल्मका निर्माता पनि बाहुबली २ को रिलिज  भएकै मिति नजिक पारेर साहो रिलिज गर्न चाहिरहेका छन् ।

बाहुबली–२, २८ अप्रिल २०१७ मा रिलिज भएको थियो । मिडिया रिपोर्टका अनुसार साहोका निर्माता फिल्मलाई अप्रिलको चौथो हप्तामा चलाउन चाहिरहेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार बाहुबली सिरिजका कारण

प्रभासको फ्यान फलोइङ बढेका छन् । निर्माता चाहन्छन् कि फिल्म आगामी साल अप्रिलको आखिरी हप्तामा रिलिज होस्, यस विषयमा फिल्म वितरकहरुसँग कुरा भइरहेको छ ।

बाहुबली–२ सफल भएपछि प्रभासको कुनै पनि फिल्म रिलिज भएको छैन । उनी फिल्म साहोमा देखिन लागेका हुन् । फिल्ममा प्रभावसँगै श्रद्धा कपुर छिन् । साहोमा मुकेश, ज्याकि श्राफ, मन्दिरा बेदी जस्ता कलाकार छन् । 

साहोको सुटिङ सकिएको छ । फिल्मको पोस्ट प्राडक्शनको काम चलिरहेको र चाडै नै फिल्म रिलिजको मिति सार्वजनिक हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

यो फिल्ममा प्रभावसको एक्सन देख्न पाइने समाचारहरुमा जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्