०८ साउन २०८३, शुक्रबार

तेस्रो अभ्यास खेलमा नेपालसँग इष्ट लण्डन २२३ रनले पराजित

तेस्रो अभ्यास खेलमा नेपालसँग इष्ट लण्डन २२३ रनले पराजित

काठमाडौं– इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा जित हात हासिल गरेको छ । नेपाल तेस्रो अभ्यास खेलमामा इष्ट लण्डन ११ लाई २२३ रनले पराजित गर्दै शानदार जित निकालेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३८ रन बनाएको थियो । नेपालका लागि अनिलकुमार साहले शतकीय पारी खेले । उनले ११८ बलमा १३१ रन जोडेका हुन् ।

३३९ रनको विशाल लक्ष्य लिएर मैदान आएको इष्ट लण्डन ३८.५ ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो । इस्ट लन्डनलाई सस्तैमा समेट्न नेपालका भेट्रान स्पिनर शक्ति गौचनले ४ तथा करण केसी र ललित राजबंशीले २–२ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

इंग्ल्यान्डको लर्ड्समा आइतबार हुने त्रिकोणात्मक टी–ट्वान्टी सिरिज र नेदरल्याण्डसँगको एकदिवसीय क्रिकेट सिरिजको लागि नेपाली क्रिकेट टिम अहिले युरोप भ्रमणमा रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्