
काडमाडौं– पाकिस्तानमा सम्पन्न आमनिर्वाचनपछि अहिले मतगणना जारी छ । अहिले पूर्वक्रिकेट खेलाडी इमरान खानको पार्टी पीटीआईले शुरूवाती अग्रता लिएको देखिएको छ ।
औपचारिक नतिजा सार्वजनिक हुनुअघि नै पीटीआईका समर्थकहरूले खुसियाली मनाउन थालेका छन् । पीटीआईको निकटतम प्रतिद्वन्द्वी ठानिएको पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पीएमएल–एनले चुनावमा अनियमितता भएको आरोप लगाएको छ ।
सो पार्टीका नेता शहबाज शरिफले चुनावको नतिजालाई राजनीतिक र कानूनी दुवै चुनौती दिने चेतावनी दिएका छन् । जानकारहरूका अनुसार यसपटक पीएमएल–एन सशक्त प्रतिपक्षीको रुपमा सीमित हुने देखिन्छ ।