०४ असार २०८३, बिहीबार

हत्या अभियुक्त प्रदेशमन्त्री !

साउन १०, २०७५
हत्या अभियुक्त प्रदेशमन्त्री !

जनकपुरधाम। प्रदेश २ को सरकारले बुधबार तेस्रोपटकको मन्त्रिमण्डल विस्तारमा सशस्त्र प्रहरीका असई थमन विक हत्याकाण्डमा फरार अभियुक्त अभिराम शर्मालाई नियुक्त गरी शपथ गराएको छ । अाजकाे राजधानी दैनिककाे पहिलाे पृष्ठमा खबर छापिएकाे छ । 

मधेस आन्दोलनका बेला २५ भदौ, २०७२ का दिन जलेश्वरमा घाइते भएका हवल्दार थमन विकलाई उपचार गराउन प्रहरीले जनकपुर लैजाँदै गर्दा बाटोमै एम्बुलेन्सबाट थुतेर हत्या गर्ने काममा शर्माको संलग्नता पुष्टि भएको भन्दै अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई आदेश गरेको थियो ।
आफू निर्दोष हुँदा पनि मधेसीविरोधी शासकले झुठो मुद्दा लगाएर फसाएको मन्त्री शर्माले बताए । राजपाले मन्त्रीमा सिफारिस गरेका शर्माका अतिरिक्त डा. डिम्पल झा र सुरेश मण्डलले जनकपुरमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले शपथग्रहण गराएका हुन् ।
डा. डिम्पल झा भौतिक योजना मन्त्री, शर्मा सामाजिक विकास राज्यमन्त्री र सुरेश मण्डल वन पर्यटन मन्त्रीको जिम्मेवारीमा छन् ।
शपथग्रहण समारोहमा सभामुख, मन्त्रीहरू, उपसभामुख, राज्यमन्त्रीहरू, सरकारका सचिवहरू राजनीतिक दलका प्रतिनिधिसहितको उपस्थिति रहेको थियो ।
हवल्दार थमन विक हत्याकाण्डका फरार प्रतिवादीहरू सार्वजनिक पद धारण गरी खुलेआम हिँडिरहेको अवस्थामा उच्च अदालत जनकपुरले जिल्ला प्रहरी कार्यालय महोत्तरीको नाममा हालै कारण देखाऊ आदेश जारी गरेको थियो ।

हत्यामा संलग्न केही प्रतिवादी महोत्तरी जिल्ला अदालतको आदेशबाट जलेश्वर कारागारमा थुनामा रहेको र बाँकीलाई अदालतले वारेन्ट पुर्जी जारी गरे पनि प्रहरीले पक्राउ गरेका छैन । रिट निवेदनपछि २९ चैत २०७४ मा उच्च अदालत जनकपुरका न्यायाधीश रमेशकुमार खत्रीको इजलासले जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई १५ दिनभित्र सरकारी वकिलको कार्यालय जनकपुरमार्फत लिखित जवाफ पेस गर्न परमादेश जारी गरेको थियो ।
२५ भदौ २०७२ मा महोत्तरीको जलेश्वरमा कार्यरत सशस्त्र प्रहरीका असई विकका हत्याका अभियुक्तलाई पक्राउ नगरेको भन्दै पत्नी शोभा गहतराजले २८ चैत, २०७४ मा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रहरी प्रमुखलाई विपक्षी बनाउँदै परमादेशको मागसहित उच्च अदालतमा रिट हालेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्