२६ असार २०८३, शुक्रबार

काभ्रेमा बस खोल्सामा खस्यो, २८ जना घाइते

काभ्रेमा बस खोल्सामा खस्यो, २८ जना घाइते

बनेपा – बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ साफिनो सामुदायिक वनको जंगलमा बिहीवार बिहान यात्रुबाहक बस पल्टिँदा २८ जना घाइते भएका छन् । 

भकुण्डेबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ३० मिटर तल खोल्सामा खस्दा २८ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए । 

खड्काका अनुसार घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्