१६ असार २०८३, मंगलबार

प्रधानमन्त्री ओली र डा. केसी पक्षबीच वार्ता शुरु, केसीका मागमा सरकार लचक

साउन १०, २०७५
प्रधानमन्त्री ओली र डा. केसी पक्षबीच वार्ता शुरु, केसीका मागमा सरकार लचक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र अनशनरत डा.गोविन्द केसी पक्षबीच वार्ता भइरहेको छ । 

प्रधानमन्त्रीको सरकारी निवासमा जारी वार्तामा डा. केसीका मागहरुको विषयमा कुराकानी भइरहेको वार्तामा संलग्न डा केसीका एक सहयोगीले लोकान्तरलाई बताए । 

‘डा. केसीका मागका बारेमा सरकार र प्रधानमन्त्री एकदमै सकारात्मक हुनुहुन्छ’ वार्तामा संलग्न केसीका सहयोगीले भने,‘आजै ब्रेक थ्रु हुने सम्भावना छ ।’

यसअघि बुधबार सरकार र केसीको वार्ता टोलीबीचको वार्ता विना कुनै निष्कर्ष सकिएको थियो । तर मध्यरातमा प्रधानमन्त्री केपी ओलीले केसी पक्षसँग पुन: छलफल गरेका थिए । छलफल सकारात्मक भएपछि पुन: प्रधानमन्त्रीसँग छलफल भइरहेको उनले बताए । 

प्रधानमन्त्री ओलीले केसीको जीवनरक्षा पहिलो प्राथमिकता रहेको भन्दै डा. केसीका मागमा सकारात्मक प्रतिक्रिया जनाएका छन् । 

डा. गोविन्द केसी २७ दिन देखि अनशनमा छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्