२८ असार २०८३, आइतबार

३३ नेपाली कैदीलाई साउदीले दियो माफी

असार १६, २०८३
काठमाडौं
३३ नेपाली कैदीलाई साउदीले दियो माफी

साउदी अरब सरकारले ३३ जना नेपाली कैदीको सजाय माफ गरिदएको छ ।

रमजानको अवसरमा उनीहरूको सजाय माफ गरिदिएको जानकारी दिँदै परराष्ट्र मन्त्रालयले साउदी अरब सरकारप्रति आभार व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा उक्त निर्णयलाई नेपाल–साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतिबिम्बका रूपमा उच्च मूल्यांकन गरिएको उल्लेख छ।

मन्त्रालयका अनुसार रियादस्थित नेपाली राजदूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधका आधारमा साउदी सरकारले माफी प्रदान गरेको हो।

साउदी अरबको कानूनी प्रक्रिया पूरा भएपछि माफी पाएका ३३ जना नेपाली कैदीबन्दी स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्