२७ जेठ २०८३, बुधबार

निर्वाचन पर्यवेक्षणका लागि माधव नेपाल कम्बोडिया प्रस्थान

निर्वाचन पर्यवेक्षणका लागि माधव नेपाल कम्बोडिया प्रस्थान

काठमाडौं–कम्बोडिया हुने राष्ट्रिय सभा निर्वाचनको पर्यवेक्षणका लागि पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल त्यसतर्फ प्रस्थान गरेका छन् ।

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला तथा नेकपाका सांसद भानुभक्त ढकाल पनि टोलीमा सहभागि छन् । सेन्टिष्ट एसिया प्यासेफिक डेमोक्र्याटिक इन्टरनेशनलको उपाध्यक्षको हैसियतमा नेता नेपाल  कम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागि त्यसतर्फ लागेका हुन् । 

भ्रमणका अबसरमा नेता नेपालले विश्वका नेताहरुसंग भेटने कार्यक्रम रहेको नेकपाका नेता विष्णु रिजालले जानकारी दिए ।

तस्वीर : विष्णु रिजालको फेसबुक
 

salt training

कमेन्ट गर्नुहोस्