
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका एक नेताले डा. गोविन्द केसीको अनशन आजै तोडिन सक्ने बताएका छन् ।
नेकपाका नेता राजन भट्टरलाईले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै डा. केसीको अनसन आजै तोडिने सम्भवना रहेको बताएका हुन् ।
ʻविगतको जस्तो बाहिरिया राजनीतिक तत्व हावी भएनन् भने अहिले २ः ३० बजे प्रम कार्यालयमा हुने वार्तामा नै सहमति हुने र डा केसीले आजै अनसन तोड्ने सम्भावना छʼ भट्टराईले फेसबुकमा लेखेका छन् ।
यसअघिको वार्तामा साझा विवेकशील र नेपाली कांग्रेसका नेताहरुले सहमति नगर्न दवाव दिने गरेको नेकपाका नेताहरुको आरोप छ ।
डा.केसी र सरकारबीच विभिन्न चरणमा वार्ता भइरहेको छ । गएराति प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता सकारात्मक बनेको थियो । विहीवार(आज) विहानदेखि नै प्रधानमन्त्रीको सरकारी निवासमा डा. गोविन्द केसी पक्षधर वार्ताटोलीसँग प्रधानमन्त्रीले छलफल गर्नुभएको छ ।
सरकार डा. केसीको जीवन रक्षाका लागि उनका माग सम्बोधन गर्न लचकतासहित सकारात्मक भएका कारण समस्या समाधान हुने सम्भावना रहेको वार्तामा संलग्न एक सदस्यले भने ।
डा. गोविन्द केसी विगत २७ दिनदेखि अनशनमा बसेका छन् ।