१३ असार २०८३, शनिबार

राप्रपाले बनायो ६ जनालाई उपाध्यक्ष, को–को अटाए पदाधिकारीमा ?

कात्तिक २०, २०७४
राप्रपाले बनायो ६ जनालाई उपाध्यक्ष, को–को अटाए पदाधिकारीमा ?
rppकाठमाडौं, २८ मंसिर – राप्रपाले मंगलबार पदाधिकारीहरुको चयन गरेको छ । पार्टी अध्यक्ष कमल थापाले राप्रपाको अन्तरिम विधान तथा पार्टीको एकिकरणको नीति र आधारपत्रमा व्यवस्था भए बमोजिम पदाधिकारीको मनोनयन गरेका हुन् ।
राप्रपाले जारी गरेको विज्ञप्ति अनुसार ६ जनालाई उपाध्यक्ष बनाइएको छ भने ६ जनालाई नै महामन्त्री बनाइएको छ । यस्तै दुई कोषध्यक्ष, दुई प्रवक्ता र ४ सहप्रवक्ता चयन गरिएको छ ।

पदाधिकारीको नामावली

उपाध्यक्षहरु
१. दिपक बोहरा
२. राजीव पराजुली
३. बुद्धिमान तामाङ्ग
४. निरञ्जन थापा
५. प्रतिभा राणा
६. हरिनारायण यादव

महामन्त्रीहरु
१. टंक ढकाल
२. धुव्र बहादुर प्रधान
३. राजेन्द्र लिङ्गदेन
४. विक्रम पाण्डे
५. धवल शम्शेर जबरा
६. नरेन्द्र चौधरी

कोषाध्यक्षहरु
१. उद्धव पौडेल
२. निलकण्ठ काफ्ले

प्रवक्ताहरु
१. ठाकुर प्रसाद शर्मा
२. राजाराम श्रेष्ठ

सहायक प्रवक्ताहरु
१. किरण गिरी
२. मोहन श्रेष्ठ
३. बसन्तमान सिंह अधिकारी
४. राजाराम बर्तौला

कमेन्ट गर्नुहोस्