१६ असार २०८३, मंगलबार

सरकार र डाक्टर केसी पक्षबीच सिंहदरबारमा वार्ता

सरकार र डाक्टर केसी पक्षबीच सिंहदरबारमा वार्ता

काठमाडौं – सरकार र अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसी पक्षबीच अर्को चरणको वार्ता सिंहदरबारमा शुरु भएको छ ।

गएराति र आज महध्याह्नसम्म विभिन्न चरणमा गृहकार्य भएपछि पुन: वार्ता शुरु भएको हो ।

वार्ताअघि सरकारी वार्ता टोलीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको कार्यकक्षमा बसेर केसीसँग गर्ने सहमतिको मस्यौदाबारे छलफल गरेको थियो ।

नेकपाका नेता राजन भट्टराईले फेसबुकमार्फत् नै केसीसँगको वार्ता निष्कर्षउन्मुख रहेको बताइसकेका छन् । बाहिरी पक्ष हावि नभए आजै सहमतिमा पुगेर अनशन तोडिने उनको भनाइ छ ।

माथेमा आयोगको प्रतिवेदनको मर्मअनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने लगायतका मागसहित डा. केसीले अनशन शुरु गरेको २७ दिन पुगिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्