१२ असार २०८३, शुक्रबार

जानिराख्नुस् बार्सिलोनाले नाटकीय शैलीमा भित्र्याएका युवा स्टार माल्कमबारे आठ रोचक तथ्य

जानिराख्नुस् बार्सिलोनाले नाटकीय शैलीमा भित्र्याएका युवा स्टार माल्कमबारे आठ रोचक तथ्य

काठमाडौं – यो साता युरोपेली फूटबलको ट्रान्सफर मार्केटमा एउटा नाटकीय घटना देखियो ।

ब्राजिलियन युवा स्टार माल्कमलाई फ्रेन्च क्लब बोर्डोबाट इटालीयन क्बल रोमाले भित्र्याउने गरी मौखिक सम्झौता भयो ।

खेलाडी र दुई क्लबसहित त्रिपक्षीय समझदारी बनेपछि रोमा माल्कमलाई स्वागत गर्ने र उनलाई सम्झौतामा हस्ताक्षर गराउने तयारीमा जुट्यो भने माल्कम इटाली उड्नका लागि प्लेनको टिकट पनि बुक भयो ।

रोमाका समर्थकहरू उनलाई स्वागत गर्न विमानस्थल नै पुगे । तर माल्कम आएनन् । ढिलागरी उनको फ्लाइट क्यान्सिल भएको खबर आयो । समर्थकहरू निराश हुँदै घर फर्किए । 

बार्सिलोनाले यसबीचमा नाटकीय मूभ चालिसकेको थियो । जसले यी युवा स्टारलाई बार्सिलोना पुर्‍यायो ।

यहाँ हामीले बार्सिलोनाले हालै अनुबन्धन गरेका युवा विंगर माल्कमका सम्बन्धमा आठ रोचक तथ्यहरू प्रस्तुत गरेका छौं ।

१. उनले १० वर्षको उमेरमा आफ्नो फूटसल टीम एस्पेरियामा उत्कृष्ट प्रदर्शन गरेर नाम कमाएका थिए । त्यसपछि उनले ब्राजिलको शीर्ष क्लब कोरिन्थिएन्समा पर्नका लागि ४०० जनासँग प्रतिस्पर्धा गरे । त्यतिबेला अन्डर–११ टीममा छानिने एक मात्र खेलाडी बने । 

२. उनका पिताले अमेरिकामा काला जातिका महान् नेता माल्कम एक्सलाई सम्मान दिनका लागि छोराको नाम माल्कम राखे । 

३. उनी ब्राजिलको साओ पाउलोको अत्यन्त गरीब क्षेत्रका रूपमा रहेको भिला फर्मोसाको एक झुपडपट्टीमा हुर्केका हुन् । 

४. उनले कोरिन्थिएन्स टीममा गएर अभ्यास गर्नका लागि बसको टिकट किन्न उनकी हजुरआमाले अनेकौं भाँडाकुँडा बेचेर पैसा जुटाएकी थिइन् । 

५. सन् २०१४ मा क्रुजेरो क्लबका बोस मानो मेनेजेसले माल्कमलाई फर्स्ट टीममा डेब्यू गराएका हुन् । त्यो सीजनमा उनले २० खेल खेलेर दुई गोल गरेका थिए । 

६. ब्राजिल फूटबल टोलीका वर्तमान प्रशिक्षक टिटे कोरिन्थिएन्सको व्यवस्थापक हुँदा माल्कमकै कारण सफल भएका थिए । 

७. माल्कमले रोबिन्हो र नेयमारलाई आफ्नो आदर्श मान्ने गरेका छन् ।

८. सेभियाका गिलेर्मो अराना उनका मिल्ने साथी हुन् र उनीहरू दुवैजना कोरिन्थिएन्समा खेल्ने गर्थे । त्यतिखेरदेखि उनीहरूको राम्रो सम्बन्ध छ ।

मार्का डट्कमबाट

salt training

कमेन्ट गर्नुहोस्