०८ असार २०८३, सोमबार

डा गोविन्द केसी र सरकारबीच ९ बुँदे सहमति

साउन १०, २०७५
डा गोविन्द केसी र सरकारबीच ९ बुँदे सहमति

काठमाडौं– प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच ९  बुँदे सहमति भएको छ । उनले केहिबेरमा अनसन तोड्ने कार्यक्रम रहेको छ । 
केसी र सरकारबीच १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज नखोल्ने  अध्यादेशअनुसार नै  चिकित्साशास्त्र विधेयक ल्याउने लगायतका महत्वपूर्ण बुँदामा सहमति भएका छन् । 

केसीको मागका सम्बन्धमा सरकार र केसी पक्षीय वार्ता टोलीबीच प्रधानमन्त्री निवास  बालुवाटारमा सहमति जुटेसँगै केसीले बिहिबार राती अनसन तोड्न लागेका हुन् ।   

चिकित्सा शिक्षा सुधारको माग राख्दै १५ औं पटकको अनसनमा रहेका  केसी र सरकारी वार्ता टोलीबीच यसअघि भएको भनिएको ९ बुँदे सहमतिमा पुनः समस्या उत्पन्न भएको थियो ।

 केसीले काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने बुँदालाई सहमति पत्रमा उल्लेख गर्नुपर्ने अडान लिएका थिए ।   त्यसपछि विवादित विषयमा सहमति जुटाउन बालुवाटारमा  प्रधानमन्त्रीकै उपस्थितिमा  वार्ता भएको थियो । सो वार्तामा सहमति जुटेसँगै केसी अनसन तोड्न राजी भएका हुन्  ।
 

salt training

कमेन्ट गर्नुहोस्