२२ जेठ २०८३, शुक्रबार

प्रस्तावित प्रधानन्यायाधीश जोशीले 'साथी' भनेपछि हंगामा

साउन ११, २०७५
प्रस्तावित प्रधानन्यायाधीश जोशीले 'साथी' भनेपछि हंगामा

काठमाडौं - प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको सुनुवाइ बिहीबार सकिएको छ । समितीको आज (शुक्रबार) बस्ने वैठकले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्नेछ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

प्रस्तावित प्रधानन्यायाधीश जोशीमाथि पाँच वटा लिखीत उजुरी परेको थियो । समितीमा आबद्ध सदस्यहरुले आलोपालो प्रश्न सोधेको समिति सदस्य पार्वत गुरुङले जानकारी दिए । 

समितीमा केहि समय प्रस्तावित प्रधानन्यायाधीश र समिति सदस्यहरुबिच भनाभन भएको थियो । सवाल जबाफका क्रममा प्रस्तावित प्रधानन्यायाधीशले समिति सदस्यहरुलाई साथी भनेपछि समिति सदस्यहरुले आफू माननीय भएको प्रतिउत्तर दिएका थिए । प्रस्ताबित प्रधानन्यायाधीश जोशीले आफू पनि माननिय भएको भन्दै एउटै पद भएकाले साथी भनेको बताएका थिए ।

समिती सदस्य पुष्पा भुषालका अनुसार, प्रधानन्यायाधीश नियुक्तीको बिषयमा समितीभित्र छलफल हुनै बाँकी छ  । 

salt training

कमेन्ट गर्नुहोस्