२२ जेठ २०८३, शुक्रबार

शताब्दीकै लामो चन्द्रग्रहण आज, नेपालबाट हेर्न सकिने

साउन ११, २०७५
शताब्दीकै लामो चन्द्रग्रहण आज, नेपालबाट हेर्न सकिने

काठमाडौँ – शुक्रबार राति यो शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्दै छ । ३ घण्टा ५५ मिनेट रहने ग्रहण नेपालबाट देख्न सकिन्छ । राति १२ बजेर ९ मिनेटमा ग्रहण सुरु हुनेछ भने १ बजेर १५ मिनेटमा चन्द्रमा पूरै ढाकिनेछ ।

४ बजेर ४ मिनेटमा ग्रहण सकिनेछ । राति सवा १ बजेदेखि ३ बजेसम्म भने चन्द्रमा हल्का रातो रङको देखिनेछ । यसलाई ‘ब्लड मुन’ भनिन्छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले गौशालामा रहेका तीनवटा टेलिस्कोपबाट ग्रहण हेर्न चाहनेका लागि विशेष व्यवस्था मिलाइएको जनाएको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्