२२ जेठ २०८३, शुक्रबार

प्रधानन्यायाधीशको सुनुवाइ :  दुई घन्टा प्रश्न, १७ मिनेट जवाफ

साउन ११, २०७५
प्रधानन्यायाधीशको सुनुवाइ :  दुई घन्टा प्रश्न, १७ मिनेट जवाफ

काठमाडौँ- प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय समितिमा सुनुवाइ भएको छ । प्रधानन्याधीश पदका लागि सिफारिस गरिएको करिब डेढ महिनापछि भएको सुनुवाइमा समितिका १२ सांसद्ले जोशीलाई दुई घन्टासम्म प्रश्न गरे । 
सांसद्का प्रश्न र प्रतिप्रश्नसहित प्रस्तावित प्रधानन्यायाधीश जोशीले १७ मिनेट मात्र जवाफ दिए। त्यसअघि जोशीले आफ्नो अवधारणापत्र पेस गरेका थिए ।  कार्ययोजनाका रूपमा रहेको अवधारणा ४३ बुँदे थियो । सुनुवाइपछि अनुमोदन गर्ने वा नगर्ने निर्णय समितिले शुक्रबार मात्रै गर्नेछ ।

जोशीले धेरै विषयमा सोधिएका प्रश्नको जवाफ दिन इन्कार गरे । जवाफ इन्कार गरेकोप्रति सांसद्हरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेसका सांसद् जितेन्द्र नारायण देवले जवाफ अस्वीकार गरेको भन्दै असन्तुष्टि जनाए । प्रतिप्रश्नका क्रममा देवले विषय उठाउन वित्तिकै जोशीले जवाफ दिए, ‘तपाईँले सोध्नुभएको विषयमा मैले फैसला गरेको हैन ।’
देवले मात्र हैन, नेकपाका सुरेन्द्र पाण्डे तथा पार्वत गुरुङले पनि जवाफमा असन्तुष्टिसँगै प्रतिप्रश्न गरे । प्रधानन्यायाधीशको जवाफमा असन्तुष्टि जनाउँदै पाण्डेले भने, ‘न्यायाधीशले ‘एक्टिभिज्म’ गर्दा पनि विवेक प्रयोग गर्नुप¥यो । सुनुवाइ हामीले नैतिक रूपमा प्रतिवद्ध गराउनका लागि राखिएको व्यवस्था हो । तर, तपाईँले त प्रश्न नै ‘स्किप’ गर्नुभयो ।’
प्रतिप्रश्नमा नेकपाका पार्वत गुरुङले प्रश्न नपन्छाउन आग्रह गरे । जोशीको जवाफप्रति असन्तुष्ट बनेका  गुरुङले पदीय आडम्बर देखाएको आरोप समेत लगाए । गाेरखापत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्