०६ असार २०८३, शनिबार

जोशीको सुनुवाइ सकियो, निर्णय आज

जोशीको सुनुवाइ सकियो, निर्णय आज

काठमाडौं– संवैधानकि परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका दीपकराज जोशीमाथिको संसदीय सुनुवाइ सकिएको छ । 

सिंहदरबारस्थित संसद् सचिवालयमा बिहीबार सुनुवाइ समितिमा उस्थित भएर जोशीले सांसदहरुले दुई घण्टासम्म गरेका प्रश्न र उनीविरुद्ध परेका उजुरीसम्बन्धी जिज्ञासाबारे १२ मिनेटभित्र जवाफ दिए ।

जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने टुंगो लगाउन शुक्रबार संसद्को सुनुवाइ समितिको बैठक पुनः बस्दैछ । जोशीको अनुमोदनका विषयमा निर्णय लिन शुक्रबार ३ बजे समितिको बैठक डाकिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्