
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक जारी छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा संसदमा दलको भूमिकाका बिषयमा छलफल हुने बताइएको छ ।
केहिबेरअघि शुुरु बैठकमा संसदीय गतिविधिमा पार्टीका सांसदहरूले खेल्ने भूमिकाका बिषयमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गर्ने बताइएको छ । डा. गोविन्द केसीको मागमा गएराति भएको सहमतिअनुसार संसदमा बिधेयक प्रस्तुत गर्ने तयारी पनि भएकाले सो बिषयले पनि बैठकमा प्रबेश पाउने छ ।