
चितवन– पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशुली नदिमा खसेको छ ।
ना ६ ख २५०६ नम्बरको बस पृथ्वी राजमार्गबाट करिब एक सय मिटर तल खसेको हो । चिवतको इच्छामनकामना गाउँपालिका ३ को चुम्लिङटार सडक खण्डमा दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका २३ जनालाई उद्धार गरि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
पाँच देखि सात जना अझै बसमा च्यापिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक प्रभु ढकालले बताए ।
वितरित दिशाबाट अोभरटेक गर्ने क्रममा ट्रकले बसलाई ठक्कर दिँदा यात्रुवहाक बस त्रिशुलीमा खसेको हो । बस त्रिशुली नदिको किनारमा पुगेको छ । बसलाई टक्कर दिने ना ५ ख ७४०९ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।