०८ असार २०८३, सोमबार

मन्त्रीलाई महिला सांसदको प्रश्न– महिलाको अस्मितामाथि धावा बोल्ने दुर्गा प्रसाईंलाई के कारवाही हुन्छ ?

मन्त्रीलाई महिला सांसदको प्रश्न– महिलाको अस्मितामाथि धावा बोल्ने दुर्गा प्रसाईंलाई के कारवाही हुन्छ ?

काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राको सम्बन्धमा बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

सोही विषयमा कानूनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिए पनि महिला अस्मितामाथि धावा बोल्ने प्रसाईंलाई कस्तो कारवाही शुरु भएको छ भनेर सांसदहरूले प्रश्न समेत गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रवार बसेको बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई प्रश्न गर्दै सांसदहरूले प्रसाईंमाथि कारवाहीको माग गरेका हुन् । 

कांग्रेस सांसद पुष्पा भुसाल, डा. डिला संग्रौला, लक्ष्मी परियार लगायतले प्रसाईंले महिलाको चरित्रमाथि धावा बोलेको भन्दै उनीमाथि कारवाहीको माग गरेका हुन् । 

त्यसअघि मन्त्री पोखरेलले चिकित्सा शिक्षा क्षेत्रका विकृतिविरुद्ध अनशन बसेका डा. गोविन्द केसीको अनशन तोडेकोबारे जानकारी गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्