
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको चीनमा सफल शल्यक्रिया भएको छ ।
मृगौलाको पत्थरी र प्यारा थाइराइडबाट पीडित खनालको चीनको सिचुवान प्रान्तस्थित एक अस्पतालमा शल्यक्रिया भएको हो ।
शल्यक्रियापश्चात खनालले चिकित्सकको निगरानीमा अस्पतालमै आराम गरिरहेको निकट स्रोतले जनाएको छ ।
यसअघि पनि चीन पुगेर स्वास्थ्य चेकजाँच गराएका खनाल शल्यक्रियाका लागि गतसाता चीन गएका थिए ।
फोटो :दीपेन्द्र खड्काको फेसबुकबाट