
धादिङ– काठमाडौंबाट पोखरा जाँदै गरेको एक कार शुक्रवार दिउँसो त्रिशुली नदीमा खसेको छ ।
नागढुङ्गा–मुग्लिन सडक खण्ड (पृथ्वी राजमार्ग)अन्तर्गत जरेखेत भन्ने ठाउँबाट कार त्रिशुली नदीमा खसेको हो ।
कारमा रहेका ३ जनामध्ये १ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक संजय तिमल्सेनाले लोकान्तरलाई बताए ।
कार नदीमा खस्नेवित्तिकै दुईजना व्यक्ति भने आफैं पौडिएर बाहिर निस्किएका थिए ।