०४ असार २०८३, बिहीबार

तीन वर्षपछि भारतले बल्ल दियाे २ अर्ब

साउन १२, २०७५
तीन वर्षपछि भारतले बल्ल दियाे २ अर्ब

काठमाडौं । भारत सरकारले १२ वैशाख २०७२ को विनाशकारी भूकम्पबाट क्षति पुगेका भौतिक संरचना पुनर्निर्माणका लागि घोषणा गरेको सहयोगको पहिलो किस्ता शुक्रबार नेपाललाई हस्तान्तरण गरेको छ ।  भारतले पहिलो किस्तबापत २ अर्ब १० करोड ४३ लाख रुपैयाँ नेपाललाई हस्तातरण गरेको हो । विनाशकारी भूकम्प गएकै वर्ष सहयोगको घोषणा गरेको भारतले तीन वर्षपछि मात्रै सहयोग रकमको पहिलो किस्ता नेपाललाई उपलब्ध गराएको हो ।

शुक्रबार भारतीय राजदूत मञ्जिभसिंह पुरीले चेक अर्थसचिव राजन खनाललाई हस्तान्तरण गरे । भारतले दिने २५ अर्बको अनुदानको पहिलो किस्तामा यो रकम नेपाललाई प्राप्त भएको अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले जानकारी दिए ।
भारतले उपलब्ध गराएको पहिलो किस्ताको रकम नुवाकोट र गोरखामा व्यक्तिगत आवास निर्माणमा खर्च गरिने सहसचिव आचार्यको भनाइ छ ।राजधानी दैनिकमा खबर छापिएको छ । 

भारतले भूकम्पपछि आयोजना गरिएको दाता सम्मेलनमा १ खर्ब रुपैयाँ बराबरको सहयोगको घोषणा गरेको थियो । त्यसमा ७५ अर्ब सहुलियत ब्याजदरको ऋण र २५ अर्ब रुपैयाँ अनुदानको हिस्सा हुने भनिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्