०५ असार २०८३, शुक्रबार

भुईँकटहरको व्यवसायिक खेती नहुँदा भारतको भर

भुईँकटहरको व्यवसायिक खेती नहुँदा भारतको भर

झापा– नेपालमा व्यवसायिक रुपमा भुईँकटहर (अनारस) खेती नहुँदा भारतको भर पर्नु परेको छ । नेपालमा उत्पादित अनारसले स्थानीय बजारको माग धान्न नसक्दा हरेक वर्ष भारतका विभिन्न ठाउँबाट ठूलो परिमाणमा आयात हुने गरेको क्षेत्रीय प्लान्ट क्वरेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ । 

गत आर्थिक वर्ष २०७४/०७५ मा पूर्वी नाका भएर ३ करोड ८४ लाख ९६ हजार रुपैयाँ बराबरको २ हजार ४ सय ६ मेट्रिक टन अनारस नेपाल आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । त्यो वर्ष आयात भएको अनारस अघिल्लो आर्थिक वर्ष २०७३/०७४ को तुलनामा ६ सय ३८ मेट्रिक टनले कमी हो । 

आर्थिक वर्ष २०७३/०७४ मा ८ करोड ८७ लाख ४ हजार रुपैयाँ बराबरको ३ हजार ४ सय ४ मेट्रिक टन आयात भएको थियो । नेपालमा माग बढेसँगै आयात बढ्ने व्यवसायीहरुको भनाइ छ । खासगरी गर्मी मौसममा यसको माग बढ्ने गर्दछ । 

सामान्य व्यवसायीहरुले समेत स्थानीय उत्पादनले नधानेपछि सीमावर्ती भारतीय बजारमा गएर अनारस खरिद गर्ने गरेको बताउँछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्