
डा. अखिलेश कुमार काश्यप
हेपाटाइटिस भन्नाले बिभिन्न संक्रमणका कारणले कलेजो मा सुन्निने अवस्थालाई बुझिन्छ । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ । हेपाटाइटिस (ए देखी इ सम्म) जम्मा पाँच प्रकारका हुन्छन् ।
आजको यस आर्टिकलमा हामी तुलनात्मक रुपमा बढी घातक मानिएको हेपाटाइटिस B र हेपाटाइटिस C का बारेमा चर्चा गर्दैछौं ।
नेपालको कुल जनसंख्याको ०.९ प्रतिशत करिव दुईलाख पचासहजार मानिसहरुमा हेपाटाइटिस B र लगभग एकलाख तीस हजार मानिसमा हेपाटाइटिस अनुमान गरिएको छ ।
हेपाटाइटिस B र C का कारण हरेकबर्ष संसारमा तेह्रलाख मानिसको मृत्यु हुने गरेको अध्ययनहरुले देखाएका छन् ।
यसले के गर्छ?
हरेपाटाइटिस B र C ले कलेजोलाई गम्भिर किसिमको क्षति गराएर कलेजोको क्यान्सर गराउदछ र मानिसको अकाल मृत्यु हुन्छ ।
कलेजोको क्यान्सर गराउने कारणहरुमध्ये आधाभन्दा बढी हरेपाटाइटिस B र C ले गराउने गरेको बिभिन्न अध्ययनहरुले देखाएका छन् ।
क्यान्सबाट मृत्यु हुने १२ जना मध्ये एकजना कलेजोको क्यान्सर बाट मर्ने गर्दछन् । पछिल्ला दिनहरुमा एचआइभि एड्स , क्षयरोग र मलेरिया नियन्त्रण तथा उपचारमा लगानी बढाइएपनि हेपाटाइटिसमा ध्यान जान नसकेका कारण यसबाट हुने मृत्युदर बढ्दो क्रममा रहेको छ ।
यसबारे खतरनाक र आश्चर्यजनक तथ्य के छ भने, हेपाटाइटिस बि को संक्रमण भएका ९० प्रतिशत मानिहरुलाई र हेपाटाइटिस सि को संक्रमण भएका ८० प्रतिशत मानिसहरुलाई यसबारे जानकारी नै नभएको हुनाले उनीहरुले आफन्त र साथीभाईलाई पनि संक्रमित बनाइरहेका छन् ।
हरेपाटाइटिस-B आमाबाट बच्चामा सर्ने उच्च जोखिम रहन्छ । जसमा ८० देखी ९० प्रतिशत बच्चाहरुमा हेपाटाइटिस B दिर्घरुपको संक्रमणको रुपमा देखिन्छ जसमध्ये एक चौथाई युवा अवस्थामा नै अकाल मृत्युवरण गर्न बाध्य हुन्छन् ।
भाइरल हेपाटाइटिस बारे तपाँइलाई थाहा नभएका बिश्वब्यापि तथ्यहरु ।
भाइरल हेपाटाइटिस बि र सि बाट सर्ने कारण तथा बच्ने तरिकाहरु ...
एकहजार भन्दा कम मूल्यमा पाईने खोप लगाएर आफुलाई हेपाटाइटिस बि भन्ने घातक रोगबाट सुरक्षित गर्न सकिन्छ ।
डा. अखिलेश कुमार काश्यप / पेट तथा कलेजो रोग बिशेषज्ञ, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल