०६ असार २०८३, शनिबार

मोदी आएपछि काम अघि बढेको नेपाल–भारत पशुपतिमैत्री धर्मशाला  सञ्चालनको तयारीमा

साउन १२, २०७५
मोदी आएपछि काम अघि बढेको नेपाल–भारत पशुपतिमैत्री धर्मशाला  सञ्चालनको तयारीमा

काठमाडौँ– नेपाल–भारत पशुपतिमैत्री धर्मशाला निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । 

शिलान्यास भएर १६ वर्षसम्म बन्न नसकेको धर्मशाला विसं २०७१ साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको पशुपतिनाथ मन्दिरमा दर्शन एवं विशेष पूजासहितको भ्रमणपछि अघि बढेको थियो । हाल रंग रोगन, बत्ती, धारा जडानलगायत केही प्राविधिक काम मात्र बाँकी रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । 

मैत्री धर्मशालाको संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, पूर्वसांसद डा राजन भट्टराई, नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, महानगरपालिका वडा नं ८ का अध्यक्ष दीनेश डंगोललगायतले निरीक्षण गरेका छन् । 

तीनतारे होटलको सुविधा हुनेगरी निर्माण गरिएको धर्मशालाका लागि भारत सरकारले रु २२ करोड सहयोग गरेको कोषले जनाएको छ । धर्मशाला निर्माणपछि नेपाल, भारतलगायत तेस्रो मुलुकका धार्मिक पर्यटकलाई पनि ‘टुर प्याकेज’ मा यात्रा गराउन सकिने विश्वास गरिएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्