२७ असार २०८३, शनिबार

अमेरिकी टेलिभिजन प्रमुखले अभिनेत्री इलियानालाई जबर्जस्ती चुम्बन गरेपछि

साउन १२, २०७५
अमेरिकी टेलिभिजन प्रमुखले अभिनेत्री इलियानालाई जबर्जस्ती चुम्बन गरेपछि

वासिङटन-अमेरिकाको एउटा प्रमुख टेलिभिजन नेटवर्क सीबीएसका एक जना प्रमुख कार्यकारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । 

यस विषयमा अनुसन्धान हुने सोही टेलिभिजनका निर्देशकहरुले जानकारी दिएका छन् । 

आफ्नो संस्थाका प्रमुख कार्यकारीमाथि लगाइएको आरोपबारे आफूहरूले अनुसन्धान गर्ने उनीहरुले बताएका हुन् । 

प्रमुख कार्यकारी लेज मुन्भेसले यौन दुव्र्यवहार गरेको ६ जना महिलाले बताएपछि उनको संस्थाका निर्देशकहरुले छानबिन गर्ने बताएका हुन् । 

त्यसैगरी अभिनेत्री इलियाना डग्लससहित चार जनाले पनि बैठकका दौरानमा आफूहरूलाई मुन्भेसले जबर्जस्ती छोएको अथवा चुम्बन गरेको आरोप लगाएका छन् । 

गल्ती स्वीकार गर्दै आफ्नो कारणले केही महिलालाई असहज भएको हुन सक्ने ६८ वर्षीय मुन्भेसको भनाइ छ । यद्यपि यौन दुव्र्यवहार गरेको आरोपको भने उनले खण्डन गरेका छन् । 

आफूले महिलाहरुलाई बुझ्ने र सम्मान गर्ने गरेको बताउनु भएको छ । यौन दुव्र्यवहार गरेको आरोपपछि मुन्भेसले राजीनामा दिएका छन् । तर टेलिभिजन व्यवस्थापनले एउटा वक्तव्य जारी गर्दै मुन्भेसमाथि लगाइएका आरोपबारे छानबिन गरेर थप निर्णय लिने स्पष्ट पारेको छ । 

salt training

कमेन्ट गर्नुहोस्