१० असार २०८३, बुधबार

कर्मचारी समायोजन प्रक्रिया अघि बढाउने तयारी

साउन १३, २०७५
कर्मचारी समायोजन प्रक्रिया अघि बढाउने तयारी

काठमाडौं–सरकारले यही साउन १५ गतेदेखि जटिलतालाई फुकाउँदै कर्मचारी समायोजन प्रक्रियाको अघि बढाउने तयारी गरेको छ ।

संघीयता कार्यान्वयनमा कर्मचारी समायोजन प्रक्रिया सरकारका लागि अहिले पनि टाउको दुखाइको विषय बन्दै आएको छ । खटाइएको गाउँपालिकामा वा नगरपालिकामा कर्मचारी नजाने, गएका कर्मचारी केही दिन बसेर फेरि मन्त्रालयमा फर्किने, समायोजनमा जान चाहने कर्मचारी पनि काठमाडौं उपत्यकाका स्थानीय तहमा जान होडबाजी गर्नेजस्ता कारणले समायोजनमा जटिलता थपेको हो ।

कर्मचारी समयोजनको जटिलताले गर्दा अहिले पनि प्रदेश र स्थानीय तह चलायमान हुन नसकिरहेको स्थितिमा त्यसको समस्या क्रमशः हल गर्दै जाने तयारीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृहकार्य गरिरहेको छ ।

‘कर्मचारी समायोजनमा निकै समस्या छन् । यसले संघीयता कार्यान्वयनको ठूलो चुनौती थपेको छ । यसको जटिलतालाई क्रमशः समाधान गर्दै अघि बढ्नुपर्ने स्थिति छ’ –मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्