०६ असार २०८३, शनिबार

कांग्रेस नेता गगन थापा र व्यवसायी दुर्गा प्रसाईंलाई कारबाहीको माग

कांग्रेस नेता गगन थापा र व्यवसायी दुर्गा प्रसाईंलाई कारबाहीको माग

काठमाडौं– नेपाल स्टुडेन्ट युनियन बंगलादेशले कांग्रेस नेता एवम् पूर्वस्वास्थ्यमन्त्री गगन थापा र बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कारबाहीको माग गरेको छ ।

स्टुडेन्ट युनियनले विज्ञप्ति जारी गर्दै प्रसार्इंमाथि कानूनी कारबाही गर्न माग गरेको हो । यस्तै कांग्रेसका नेता थापाले पनि माफी माग्नु पर्ने विज्ञप्तिमा उल्लेख छ । 

प्रसाईंले बंगलादेशमा मेडिकल शिक्षा अध्यययनरत महिलाहरूको शारीरिक शोषण हुने गरेको आपत्तीजनक अभिव्यक्ति दिएका थिए भने थापाले बंगलादेश, चीन र फिलिपिन्समा पढ्न गएका बिद्यार्थीले एमबीबीएसको प्रमाणपत्र ग्यारेन्टी गरेरमात्र भर्ना गर्ने बताएका थिए । 

थापाले नेपालमा पढ्न अवसर नपाएर नभई पैसा दिएर प्रमाणपत्र सुनिश्चित गर्नमात्र विद्यार्थी बाहिर गएको बताएका थिए । प्रसाईंलाई कारवाही नभए र थापाले माफी नमागेसम्म ढाकास्थित नेपाली दुतावासमा धर्ना दिने लगायतका आन्दोलनका कार्यक्रम जारी रहने युनियनले जनाएको छ ।  

बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गर्ने बिद्यार्थीमाथि बिभिन्न गम्भीर लान्छना लगाउने काम भएको भन्दै सरकारले त्यस्ता व्यक्तिमाथि तत्काल कारवाही गर्नुपर्ने माग गरेको हो । 

विद्यार्थी युनियनले सोमबार ढाकास्थित नेपाली दूतावासमा ज्ञापनपत्र बुझाउँदैछ । १७ गते ढाकामा सांकेतिक विरोध कार्यक्रम राखेको युनियनले १८ गते ढाकास्थित दूतावासमा १२ बजेदेखि धर्ना दिने जनाएको छ । 

यसअघि कानुनमन्त्री शेरबहादुर तामाङले यस्तै अभिव्यक्ति दिएका कारण मन्त्रीबाट राजिनामा दिएका थिए ।


 

salt training

कमेन्ट गर्नुहोस्