०९ असार २०८३, मंगलबार

जागिर नपाएका व्यक्तिले सडकमा प्रदर्शन गरे बायोडाटा, जागिर दिनेको भीड

जागिर नपाएका व्यक्तिले सडकमा प्रदर्शन गरे बायोडाटा, जागिर दिनेको भीड

काठमाडौं – अमेरिकाको सिलिकन भ्यालीमा जागिर नपाएर निराश एक वेब डिभलोपरले काम खोज्ने फरक तरिका छाने । उनले सडकमा आफ्नो बायोडाटा बाँड्न शुरू गरे । 

मानिसले आफूलाई माग्ने नठानून् भनेर उनले एउटा प्लेकार्ड समेत बोकेका थिए जसमा लेखिएको थियो, ‘घर छैन तर सफलताको भोको छु । कृपया बायोडाटा लिनुस् ।’

एक महिलाले उसको बायोडाटासहितको फोटो ट्विटरमा हालेपछि भाइरल भयो । त्यसपछि गूगल, नेटफ्लिक्स र लिंक्डइनसहित लगभग २०० कम्पनीले उनलाई जागिर खान आउन फोन गरे ।

जागिर खोज्दा खोज्दा डेभिड क्यासारेजको पैसा सकिएको थियो र उनी घर जान चाहँदैनथिए । तर उनले हार मानेनन् । 

उनले सिलिकन भ्यालीका गल्लीहरूमा बायोडाटा बाँड्न थाले । उनको क्रियाकलाप ज्यासमिन स्कोलफील्ड नामक महिलाले देखिन् र उनैले डेभिडलाई जागिर दिलाउन ‘गेट डेभिड अ जब’ ह्याशट्याग शुरू गरिन् । 

डेभिडलाई जागिर दिन अनेकौं मानिसले ज्यासमिनसँग सम्पर्क गरे । तर उनका अनुसार, डेभिडसँग पहिले नै जागिरका थुप्रै अफर छन् । 

डेभिडले टेक्सासको एक विश्वविद्यालयबाट व्यवस्थापनको डिग्री लिएका छन् । उनले सन् २०१४ देखि २०१७ सम्म जनरल मोटर्समा काम पनि गरेका थिए तर उनलाई जागिरबाट निकालिएको थियो ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्