
काठमाडौं–दक्षिण कोरियामा सम्पन्न योङ मुदोको खेलको विश्व च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलाई सम्मान गरिएको छ ।
सोमबार खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले पदक विजेता खेलाडीलाई सम्मान गरेका हुन् ।
नेपालको तर्फबाट सहभागिएका हारती इन्टरनेशनल बोर्डिङ स्कुलका ९ जना विद्यार्थीले अन्तराष्ट्रिय पदक ल्याउन सफल भएका थिए ।
खेलकुद परिषद्ले जनही रु ७ हजार र ५ हजार दरले प्रोत्सान स्वरुप पुरस्कार प्रदान गरेको खेलकुद परिषदका सदस्य सचिव विष्ट बताए ।
अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्दै देशको झन्डा बोकेर विश्वमा नेपालको छवि उच्च राख्न हारती स्कुलको योगदान रहेको र आगामी दिनमा पनि यस्ता खेलकुद गतिविधिलाई अझ शसक्त बनाएर लैजाने विद्यायलयका प्रधानाध्यपक अच्युतम लामिछानेल बताए ।
भविष्यमा दक्षिण कोरियाबाट खेलकुदको क्षेत्रमा नेपालका विद्यालयलाई सहयोग हुने र विदेशी खेलको ज्ञान नेपालमा भित्राउने लामिछानेको भनाइ छ । दक्षिण कोरियाका दुईवटा ख्याती प्राप्त क्लबले अहिले नेपालका विद्यालयहरुमा सहयोग गर्दै आएका छन् ।