०१ असार २०८३, सोमबार

वैदेशिक रोजगारीमा ठगी, एउटा कामदारबाट डेढ लाख असुली

वैदेशिक रोजगारीमा ठगी,  एउटा कामदारबाट डेढ लाख असुली
फाइल तस्बिर

काठमाडौं– म्यानपावर व्यवसायीहरुले रोजगारका लागि कुवेत जाने नेपाली युवाबाट प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ । 

वैदेशिक रोजगार विभागले आइतवार काठमाडौंको बसुन्धारास्थित अल स्किल्स  नामक म्यानपावर कम्पनीमा छापा मार्दा कुवेत जाने नेपालीबाट अवैध रुपमा चर्को रकम असुल्ने गरेको तथ्य फेला परेको हो । 

विभागका प्रवक्ता उद्धवप्रसाद रिजालका अनुसार म्यानपावर कम्पनीले कुवेत जाने ३५ नेपाली कामदारबाट प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँ उठाएको हो । 

कानूनअनुसार रोजगारीका लागि विदेश जाने नेपालीबाट म्यानपावर कम्पनीले सेवाशुल्कवापत १० हजार रुपैयाँ मात्रै लिन पाउँछन् । 

विशेष सूचनाका आधारमा विभागले अवैध रकम असुली गर्ने म्यानपावर कम्पनीमा छापा मारी कागजात जफत गरेको छ । १ लाख ५० हजार रुपैयाँ दिएका कामदारको रकम फिर्ता गराइ उनीहलाई मंगलवारको उडानबाट कुवेत उड्ने व्यवस्था मिलाइएको वैदेशिक रोजगार विभागका प्रवक्ता रिजालले लोकान्तरलाई बताए ।   

salt training

कमेन्ट गर्नुहोस्