
काठमाडौं– पशुपक्षी ढुवानी गर्दा उनीहरूको शरीरमा कुनै पनि असर नपर्ने गरी स्वच्छ वातावरण तथा प्राविधिक दृष्टिकोणले उपयुक्त हुने गरी गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठ र षट्कोण श्रेष्ठले संयुक्त रूपमा रिट दायर गरेका हुन् ।
श्रेष्ठद्वयले कृषि तथा पशुपक्षी, मन्त्रालय, केन्द्रीय पशु क्वारेन्टाइन कार्यालय, पशु सेवा विभाग, पशु स्वास्थ्य निर्देशनालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितलाई विपक्षी बनाएका छन् ।
मासुजन्य पदार्थका लागि वा अन्य सन्दर्भमा समेत कुनै पनि पशुको ढुवानी गर्दा सवारीसाधनभित्र हलचल गर्न सक्ने, घाउ–चोट नलाग्ने, अत्यधिक चिसो र तातोबाट बचाइ एक–आपसमा ठोकिएर अंगभंग नहुने गरी सावधानीपूर्वक ढुवानी गर्ने व्यवस्थाको माग गरिएको छ ।, नयाँ पत्रिकामा खबर छ ।