
काठमाडौं– नेपाली उपभोक्ताको भान्सामा पछिल्लो पाँच वर्षमा १ खर्ब रुपैयाँभन्दा बढीको खाना पकाउने एलपी ग्यास खपत भएको छ । सहजै प्रयोग गर्न सकिने अत्यावश्यक वस्तुकोे रूपमा रहेको ग्यासको आयात बढेसँगै पाँच वर्षमा १ खर्ब ५ अर्ब १४ करोड रुपैयाँ बराबरको झन्डै १४ लाख मेट्रिक टन ग्यास खपत भएको तथ्यांक छ । स्वदेशमा विकल्प नभएको ग्यास सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि प्रयोग बढ्दै गएपछि बर्सेनि आयातदरसमेत बढ्दै गएको हो । बढ्दो सहरीकरणसँगै दाउरा र गुइँठाको अभाव हुन थालेपछि ग्यासको खपतसँगै आयातदर बर्सेनि बढ्दै गएकोे नेपाल आयल निगमले जनाएको छ । कारोबार दैनिकमा खबर छापिएको छ ।