
विराटनगर– जिल्ला वन कार्यालय मोरङले आर्थिक वर्ष २०७४/०७५ मा ९ करोड २८ लाख ७८ हजार ६ सय रुपैयाँ राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४/०७५ मा वनपैदावार तथा लिलामीवाट ८ करोड ४२ लाख ९ हजार, न्यायिक दस्तुुरवाट १० लाख ३३ हजार, वेरुजुु असुुलीवाट २८ लाख र प्रशासनिक सेवावाट ७ लाख ५६ हजार रुपैयाँ राजश्व संकलन भएको जिल्ला वन कार्यालय मोरङका प्रमुुख डाक्टर विनोद देवकोटाले वताए ।
सामुुदायिक वनवाट ३ लाख ३४ हजार, साझेदारी वनवाट १ लाख ९३ हजार, सरकारी वनवाट ४४ हजार ९ सय ९० तथा नीजि वनवाट २ लाख ११ हजार क्युुविक काठ उत्पादन भएको देवकोटाले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा साढे ६ करोड रुपैयाँ राजश्व संकलन गरेको उनको भनाई छ ।