०१ असार २०८३, सोमबार

इन्डोनेसिया : भूकम्पपछि फसेका ५०० पदयात्रीको उद्धार

इन्डोनेसिया : भूकम्पपछि फसेका ५०० पदयात्रीको उद्धार

काठमाडौं – इन्डोनेसियाको लोम्बोक टापुमा रहेको एक पहाडमा भूकम्पपछि फसेका ५०० भन्दा बढी पदयात्रीहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको छ ।

आइतवार आएको ६.४ म्याग्निच्युडको भूकम्पले रिन्जानी पहाडमा पहिरो ल्याएको थियो र भाग्ने ठाउँहरू बन्द गरिदिएको थियो । 

अधिकांश पदयात्री र पथप्रदर्शकहरू एउटा सुरक्षित रूट फेला परेपछि तल ओर्लन सफल भएका थिए भने केही अन्यलाई हेलिकप्टरमा राखेर ल्याइएको थियो । 

भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको थियो भने ३३० जनाभन्दा बढी घाइते भएका थिए । 

उद्धारकर्मीहरूले एक इन्डोनेसियाली पदयात्रीको शरीर तल ल्याउनका लागि प्रतीक्षा गरिरहेका छन् । उनी पत्थरहरू झरेपछि मारिएका थिए । एक मलेसियाली पर्यटकको पनि मृत्यु भएको छ । 

ज्वालामुखी पर्वत रिन्जानी तीन हजार ७२६ मिटर अग्लो छ र यो इन्डोनेसियाको दोस्रो सबभन्दा अग्लो पर्वत हो । दृश्यावलोकन गर्न मन पराउनेहरूमा यो पर्वत प्रसिद्ध छ । 

विपद् व्यवस्थापन निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले एएफपी समाचार संस्थालाई बताएअनुसार, ५४३ व्यक्तिहरू सोमवार राति पहाडको फेदमा आइपुगेको बताए । 

माताराम खोजी तथा उद्धार निकायका प्रवक्ता आई गुस्ती लानाङ विश्वनन्दाले एएफपीलाई बताएअनुसार, ती सबै ‘थाकेका तर राम्रो अवस्थामा रहेका’ छन् ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्