
मुम्बइ – बलिउडका चर्चित गायक मिका सिंहको मुम्बइस्थित घरमा चोरी भएको छ ।
मिकाका म्यानेजरले ओशिवारा प्रहरी चौकीमा उजुरी दर्ता गराएका छन् । प्रहरीले घरभित्र र बाहिरको सिसीटिभी फूटेज लिएर अनुसन्धान शुरु गरेको छ ।
चोरी आरोप एक पियानोबादक माथि लागेको छ । उनी १४ वर्षदेखि मिकासँगै कार्यरत थिए ।
मिकाका तर्फबाट दर्ता गराइएको उजुरीमा दुई लाख रुपैयाँ बराबरको गरगहना र एक लाख नगद चोरी भएको उल्लेख छ ।
घटना भएको दिन मिका घरमा नरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
आशंका छ, चोर आइतबार दिउँसो २ बजे घरमा घुसेको थियो । ऊ मिकासँग भेट्ने बहानामा घरभित्र छिरेको थियो ।
आरोपी दिल्लीका बासिन्दा हुन् । सिसीटिभी फूटेजमा एक व्यक्ति घरभित्र प्रवेश गर्दै गरेको र निस्किँदै गरेको देखिएको छ ।
प्रहरीले आरोपीलाई पक्राउ गर्न टोली परिचालन गरेको छ ।