काठमाडौं – पूर्वक्रिकेटर इमरान खान नेतृत्वको पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) सरकार बनाउने तयारीमा जुटेको छ । तर पीटीआईलाई संसदमा बहुमत जुटाउन त्यति सहज भने छैन ।
बहुमतका लागि १३६ सिट आवश्यक पर्नेमा पीटीआईले ११५ सिटमा मात्र जीत हात पारेको छ । यसमा पनि प्रधानमन्त्री बन्ने तयारीमा रहेका स्वयं इमरान खानकै कारण ४ भोट घट्न स्थिति आएको छ ।
इमरान एक्लै ५ क्षेत्रबाट चुनाव लडेका थिए । पाँचै क्षेत्रमा जी पनि हात पारे । तर अब यो ५ क्षेत्रबाट इमरानलाई १ भोट मात्र जानेछ । बाँकी ४ क्षेत्र उनले छाड्नुपर्ने छ । जतिसुकै ठाउँबाट जिते पनि गर्न मिल्ने भोट १ मात्र हो ।
इमरान स्वयंका कारण ४ सिट घटेपछि अब पीटीआईसँग मात्र १११ भोट छ । उनी अहिले साना दल र स्वतन्त्र उम्मेदवारको समर्थन लिएर प्रधानमन्त्री बन्ने कसरतमा छन् ।