०६ असार २०८३, शनिबार

साक्षी धोनीको कपडामा यति बबाल किन ?

साक्षी धोनीको कपडामा यति बबाल किन ?

काठमाडौं – पूर्व भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीकी पत्नी साक्षी सिंह अहिले चर्चामा छिन् । 

दुई दिनअघि साक्षीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा फोटो पोस्ट गरिन् । पोस्टले दुई लाखभन्दा बढी लाइक पाइसकेको छ । 

तर यो तस्वीरका कारण उनले आलोचना पनि बेहोर्नुपरेको छ । 

उनले छालाको रंग भएको ब्लाउज लगाएकी छन् र धेरै मानिसलाई यो चित्त बुझेन । यसलाई मानिसले अर्धनग्न तस्वीरका रुपमा बुझेका छन् । 

भारतीय परम्पराअनुरूप यो लुगा नभएको भनी उनको आलोचना भयो । तर केही अन्यले यो साक्षीको निजी छनोटको विषय भएकाले अरूले मतलब गर्नु नहुने भनी उनको बचाउ गरे । 

केही ट्रोलहरूले पोस्टबाट आफ्ना कमेन्ट डिलिट पनि गरेका छन् । 

साक्षीले चाहिँ कमेन्टको मतलब नगरिकन त्यही लुगा लगाएका थुप्रै तस्वीर पोस्ट गरेकी छन् ।

बीबीसी हिन्दीबाट
 

salt training

कमेन्ट गर्नुहोस्