२६ असार २०८३, शुक्रबार

चीन जाँदै गरेको कन्टेनर रसुवामा भीरबाट खस्यो : ३ को मृत्यु, एकजना गम्भीर घाइते

चीन जाँदै गरेको कन्टेनर रसुवामा भीरबाट खस्यो : ३ को मृत्यु, एकजना गम्भीर घाइते

काठमाडौं – चीनको केरुङतर्फ जाँदै गरेको कन्टेनर रसुवामा भीरबाट खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।

ना६ ख ४९२९ नम्बरको कन्टेनर रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ५ स्थित स्याप्रु बजारनजिकैबाट खोलामा खसेको हो ।

दुर्घटनामा मृत्यु भएका तीनै जनाको शवलाई त्यहाँबाट निकाल्ने काम भइरहेको र घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल धुन्चे पठाइएको डीएसपी सन्तोष तामाङले लोकान्तरलाई जानकारी दिए ।

मृतकको पहिचान खुलेको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्