१४ असार २०८३, आइतबार

उच्च अदालतले शरीफको निवेदनमाथि सुनुवाई गर्ने

साउन १५, २०७५
उच्च अदालतले शरीफको निवेदनमाथि सुनुवाई गर्ने

पाकिस्तान–पाकिस्तानको उच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज शरीफद्वारा पुनरावेदन गरेको अभेनफिल्ड भ्रष्टाचार मुद्दामाथि मङ्गलबार सुनुवाई गर्ने भएको छ । 
इश्लामावादस्थित पाकिस्तानी उच्च अदालतको संवैधानिक वेन्चले पूर्व प्रधानमन्त्री नवाज शरीफ, उहाँकी पत्नी मार्याम र क्याप्टेनका रूपमा सेवा निवृत्त भएका ज्वाई सफदारविरुद्धको एभेनफिल्ड भ्रष्टाचार मुद्दाका सन्दर्भमा सुनुवाई गर्ने भएको हो । 
यस अघि उक्त मुद्दामा शरीफलाई अदालतद्वारा दोषी ठहर गरेको थियो । जसअनुसार शरीफलाई असी लाख पोन्ड र दश बर्षको जेल सजाय सुनाइएको थियो । सोही मुद्दामा शरीफकी छोरी मार्यामलाई सात बर्ष जेल सजाय र २० लाख पोन्ड जरिवानको फैसला भएको थियो । सफ दारलाई भने एक बर्षको जेल सजाय तोकिएपनि कुनै जरिवाना तोकिएको थिएन । 
एभेनफिल्ड फैसला वैधानिक नरहेका दावी गर्दै पूर्व प्रधानमन्त्रीले आफ्ना वकीलको सुझावमा मुद्दाको पुनरावेदन गर्नुभएको थियो । शरीफ परिवारले न्यायालयमा धरौटीमा रिहा हुन पाउनुपर्ने तथा अदालतको फैसलाले न्यायालयको विश्वसनीयतामा प्रश्नचिन्ह् खडा भएको बताइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्