०८ साउन २०८३, शुक्रबार

टेलिकमले ल्याउने भयाे नमस्ते रिचार्ज ब्रान्ड, कसरी गर्ने रिचार्ज

साउन १५, २०७५
टेलिकमले ल्याउने भयाे नमस्ते रिचार्ज ब्रान्ड, कसरी गर्ने रिचार्ज

काठमाडौँ- नेपाल टेलिकमले आफ्ना सेवा रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्रान्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । 

अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ । कम्पनीले उपलब्ध गराउँदै आएको एनटी रिचार्ज कार्ड पनि बजारमा स्टक रहेसम्म प्रयोग गर्न सकिने प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । 

कम्पनीले रु ५०।–, १००।–, २००।–, ५००।– र १०००।– दरका नमस्ते रिचार्ज कार्ड उपलब्ध गराउने छ । रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज कार्डको पछिल्लो भागमा भएको १६ अंकको पिन कोड प्रयोग गरी रिचार्ज गर्नुपर्छ । टेलिकमको ल्यान्डलाइन वा मोबाइलबाट १४१५ वा १४१२ डायल गरी प्राप्त निर्देशन अनुसार १६ अंकको पिन कोड थिचेर कम्पनीका विभिन्न सेवामा रिचार्ज गर्न सकिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्