
काठमाडौं – अस्ट्रेलियाको गोल्ड कोस्टमा एक महिलाले आफैंलाई बिहे गरेकी छन् ।
लिन्डा डोकटर नामक यी महिलाले पीडादायी ब्रेकअपपछि यस्तो निर्णय गरेकी हुन् । उनले बिहेमा नीलो र पर्पल रंगको गाउन लगाएकी थिइन् ।
लिन्डाले हातमा ऐना राखेर बिहेको कसम पनि खाइन् । त्यसो त यो बिहे अघिल्लो वर्ष भएको थियो ।
लिन्डालाई आफैंसँग बिहे गर्ने प्रेरणा आफ्नो एक साथीबाट प्राप्त भयो । ती साथी बालीमा बस्छिन् र यसैगरी बिहे गरेकी थिइन् । तिनै साथीले आइतवार लिन्डाको बिहेको तस्वीर पोस्ट गरेपछि मानिसहरूले सामाजिक सञ्जालमा लिन्डाको प्रशंसा गरे ।
एजेन्सी