
काठमाडौं –आफ्नो पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालका अनुभवी स्पिनर वसन्त रेग्मीले पनि विकेटको खाता खोलेका छन् ।
उनले नेदरल्यान्डका कप्तान पिटर सिलरलाई पेबिलियनको बाटो देखाएका हुन् ।
उनका अलावा कप्तान पारस खड्का र सोमपालकामीले समान २ तथा सन्दीप लामिछानेले १ विकेट लिएका छन् ।
यो समाचार तयार पार्दासम्म ३९ ओभरमा नेदरल्यान्ड्सले ६ विकेट गुमाएर १५८ रन जोडेको छ ।
घरेलु टोलीले टस जितेर नेपाललाई पहिले फिल्डिङको निम्तो दिएको हो ।