
काठमाडौं –आफ्नो पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाली टोलीका कप्तान पारस खड्काले ४ विकेट हात पारेका छन् ।
उनले अर्धशतकीय पारी खेलेका रिप्पोनसँगै अर्का एक खेलाडीलाई चालिसौं ओभरमा पेबिलियनको बाटो देखाउँदै ४ विकेट पूरा गरेका हुन् ।
पारसका अलावा सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र वसन्त रेग्मीले १-1 विकेट लिएका छन् ।
यो समाचार तयार पार्दासम्म ३९ ओभर ४ बलमा नेदरल्यान्ड्सले ८ विकेट गुमाएर १५९ रन जोडेको छ ।
घरेलु टोलीले टस जितेर नेपाललाई पहिले फिल्डिङको निम्तो दिएको हो ।