२६ असार २०८३, शुक्रबार

प्रदेश राज्यमन्त्रीको स्वागतमा भारतीय गाडीको लश्कर, ८०–८५ जीपको प्रयोग (भिडियोसहित)

साउन १६, २०७५
प्रदेश राज्यमन्त्रीको स्वागतमा भारतीय गाडीको लश्कर, ८०–८५ जीपको प्रयोग (भिडियोसहित)

जनकपुरधाम – प्रदेश सरकारको राज्यमन्त्रीको स्वागतमा ८०–८५ जीपसहित भारतीय गाडीको लश्कर देखिएको सुन्दा पत्याउन गाह्रो पर्न सक्छ । तर, २ नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयकी राज्यमन्त्री डा. डिम्पल झाको स्वागतमा गृहजिल्लामा धेरै जीप देखिएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियोमा राज्यमन्त्रीको स्वागतमा प्रयोग भएका गाडीको लस्कर अगाडि बढिरहेको देखिएको छ ।

राजपा नेपालकी नेत्रीसमेत रहेकी राज्यमन्त्री झालाई गृहजिल्लामा भव्य स्वागत र सम्मान गरिएको छ । राज्यमन्त्री भएपछि मंगलवार पहिलो पटक गृहगाउँ रौतहटको मत्सरी पुग्दा करीब ८० देखि ८५ वटा गाडी सहितको लावालश्कर उनको स्वागतमा कुदेको थियो ।

लावालश्करमा रहेका जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दीपककुमार झाले जनकपुरदेखि रौतहटको मत्सरी पुग्न ३ घण्टा मात्र समय लाग्ने भएपनि बाटोमा भव्य स्वागत र सम्मान गरिएका कारण ६ घण्टा लागेको बताए ।

रौतहटको चन्द्रनिगाहपुरदेखि गौरसम्म उनको स्वागतमा ठाउँ–ठाउँमा स्वागतद्वार समेत बनाइएको थियो । सर्लाही र रौतहटको सीमा पर्ने वाग्मती नदी कटेपछि मन्त्री झालाई स्वागत गर्न जिल्लाका विभिन्न स्थानीय तहका निर्वाचित प्रतिनिधि र नेता आएका थिए ।

वडाका जनप्रतिनिधिदेखि मेयर, उपमेयर, विभिन्न तहमा कार्यरत पार्टीका नेता तथा कार्यकर्तामध्ये अधिकांश भारतीय नम्बर प्लेटका सवारीसाधनमा स्वागत गर्न पुगेका थिए । मत्सरी गाउँको दुर्गा मन्दिरमा पूजा गरेपछि रौतहटको सदरमुकाम गौरमा राजपा नेपालको पार्टी कार्यालयमा उनलाई स्वागत तथा सम्मान कार्यक्रम राखिएको थियो ।

उनीसँगै उनका पति तथा राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा समेत उपस्थित थिए । अनिल झा अहिले प्रतिनिधिसभा सदस्य छन् । राज्यमन्त्री झा राजपा नेपालकी प्रवक्ता समेत हुन् ।

हेर्नुस् जीपको लश्करको भिडियो :-

salt training

कमेन्ट गर्नुहोस्