०७ असार २०८३, आइतबार

मुख्यमन्त्रीसँगको टेलिफोन संवादलाई उद्योग वाणिज्य संघका अध्यक्षले सार्वजनिक गरेपछि...

मुख्यमन्त्रीसँगको टेलिफोन संवादलाई उद्योग वाणिज्य संघका अध्यक्षले सार्वजनिक गरेपछि...

धनगढी– डोटीको दिपायलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगर कञ्चनपुरमा गाभिएपछि प्रदेश–७ का मुख्यमन्त्री त्रिलोचन भट्टको लागि तनावको विषय बनेको छ ।
आफ्नै निर्णय मुताविक मंगलबार सो कार्यालय महेन्द्रनगर शाखामा गाभिएपछि सशंकित डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले सार्वजनिक पदको मर्यादा र गोपनीयता विपरित मुख्यमन्त्री माथि नै केहि अपशब्द प्रयोग गरी खनिए । 
यहाँसम्मकी अध्यक्ष खड्काले मुख्यमन्त्रीसँग भएको टेलिफोन संवादलाई नै रेकर्ड गरेर सामाजिक सञ्जालमा फिजाए ।

जुन घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । आज एक विज्ञप्ती जारी गरी मुख्यमन्त्री त्रिलोचन भट्टसँग मंगलबार बिहान गरिएको टेलिफोन संवादलाई बिद्युतीय ऐन विपरित सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सचिवालयले जनाएको हो ।
मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिवसिहं ओलीले टेलिफोनमा गरिएको संवादलाई राजनीतिक पूर्वाग्रही तवरले सामाजिक संजाल मार्फत जनतामा भ्रम फैलाउन सामाजिक सञ्जालमा राखिनु गैरकानूनी भएको बताएका छन् । 

उनले गोपनीयता र सूचनाको हक सम्बन्धी ऐन २०६४ र विद्युतिय ऐन २०६३ लाई पनि ख्याल नगरी जनतामा भ्रम पार्न गरिएको प्रचारप्रति गम्भिर ध्यानार्कषण भएको पनि बताए ।

अख्तियारको कार्यालय सरेपछि रोक्ने काम नभएको र प्रदेश स्थायी राजधानी दिपायल नराख्नमा मुख्यमन्त्रीको हात रहेको भन्दै अध्यक्ष खड्काले आक्रोश पोखेका थिए ।

तर विज्ञप्ती जारी गर्दै मुख्यमन्त्रीको सचिवालयले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभालाई मात्रै भएको र प्रदेशसभाबाट संसदीय सुझाव समिति गठन भई क्रियाशिल रहेको भन्दै प्रकाश पारेको छ । 
साथै विज्ञप्तीमा प्रदेश सरकार र मुख्यमन्त्रीलाई लक्षित गरी भएको टेलिफोन संवादलाई तोडमोड गर्दै अमर्यादित तवरले सामाजिक सञ्जालमा पोष्ट गरिनुले डोटीको दिपायलमा राजधानी बनाउने उद्देश्य भन्दापनि राजनीतिक पूर्वाग्रहवाट ग्रसित भएको उल्लेख छ ।
अडियो प्रकरणवारे छलफल जारी रहेको बताउँदै मुख्यमन्त्रीका स्वकिय सचिव ओलीले अध्यक्ष खड्कालाई आवश्यकता अनुसार कानूनी कारवाहीको प्रक्रिया समेत थालिने बताए ।


 

salt training

कमेन्ट गर्नुहोस्