०१ असार २०८३, सोमबार

शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा भद्रगोल

साउन १७, २०७५
शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा भद्रगोल

 काठमाडौं–सरकारले शिक्षाका तीन ठूला निकाय समायोजन गरी गठन गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा चार सहसचिवलाई उपमहानिर्देशकको जिम्मेवारी दिएको एक साता बितिसक्यो । तर उनीहरुले हालसम्म केही काम पाएका छैनन् । अहिले सबै सहसचिवको दिनचर्या आफ्नो कार्यालयमा बस्यो हाजिर ग-यो गफगाफ ग¥यो अनि फर्कियो ।

साउन १ गतदेखि गठन भएको केन्द्रमा सहसचिव खगेन्द्र नेपाल, टेकनारायण पाण्डे, दीपक शर्मा र चूडामणि पौडेललाई उपमहानिर्देशकको जिम्मा दिइएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सहसचिवलाई उपमहानिर्देशकको पत्र दिए तापनि के काम गर्ने तोकिएको छैन । ‘हामीले पद त पायौं तर काम पाएका छैनौं’, एक उपमहानिर्देशकले भने– ‘यस्तो अवस्थामा कसरी काम गर्ने रु’

उपमहानिर्देशक मात्रै होइन, केही उपसचिवलाई निर्देशकको समेत जिम्मेवारी दिइएको छ । लगातार पद बाँड्दै पत्र बुझाउने मन्त्रालयले काम नदिँदा अहिले नयाँ गठन भएको केन्द्र भद्रगोल छ । कुन कार्यालयका कर्मचारीले के काम गर्ने अन्योलमा छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्